नेपाल टेलिकमको इन्टरनेट सेवा केही बेर अवरुद्ध
barnanmedia.com · Sat Mar 28 15:08:51 GMT 2026

नेपाल टेलिकमको मोबाइल डाटा र एफटीटीएच इन्टरनेट सेवा आज दिउँसो काठमाडौँ उपत्यकालगायत केही स्थानहरूमा केही समयका लागि अवरुद्ध भयो ।
टेलिकमले जावलाखेलस्थित प्रयोगमा रहेका कोर राउटरहरूमा प्राविधिक समस्या आएका कारण सेवा अवरुद्ध भएको जनाएको छ । यद्यपि, तत्काल समस्या समाधान गरी सेवा सुचारु गरिएको जनाएको छ ।
टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरले एक प्रेस विज्ञप्ति जारी गर्दै ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमाप्रार्थी रहेको उल्लेख गरेका छन्। 'इन्टरनेटका लागि जावलाखेलस्थित प्रयोगमा रहेको कोर राउटरहरूमा प्राविधिक समस्या उत्पन्न भई डाउन भएको कारण यो समस्या आएको थियो,' विज्ञप्तिमा भनिएको छ।
हाल सबै क्षेत्रमा टेलिकमको मोबाइल डाटा र एफटीटीएच इन्टरनेट सेवा पूर्ववत् अवस्थामा सञ्चालनमा रहेको प्रवक्ता मानन्धरले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)