एनआरएनए अमेरिकाको साधारणसभामा मञ्चमै हातहालाहाल, पुरानो नक्साको प्रयोग
dcnepal.com · Sat Jul 03 23:51:26 GMT 2021
न्यूयोर्क । गैरआवासीय नेपाली संघ(एनआरएनए) अमेरिकाको दशौं साधारणसभाको मञ्चमै हातहालाहाल भएको छ । उद्घाटन समाहारोहको सकिनुअघि निर्वाचित नयां पदाधिकारीहरुलाई सपथ ग्रहण गर्ने कि नगर्ने भन्ने विषयमा संघका अध्यक्ष सुनील साह र उपाध्यक्ष बीर आर लामाले फरक फरक उद्घोषण गरेपछि चारैतिरबाट पक्ष र विपक्षमा ठूलो हुल मञ्चमा प्रवेश गरेको थियो ।
कार्यक्रम समापनमा सन्दर्भमा उद्घोषक पशुपति पाण्डेले धन्यवाद ज्ञापन गर्न भनी बीरआर लामालाई मञ्चमा बोलाएका थिए । उनले धन्यवाद ज्ञापन गर्दा गर्दै आफैं उद्घोषण गर्दै निर्वाचन समितिका प्रमुख विश्व बराललाई नयां कमिटीलाई शपथ ग्रहण गराउन मञ्चमा बोलाएका थिए । उनले एकाएक शपथ ग्रहणको कुरा ल्याएपछि निर्वाचन समितिका बराल मञ्चमा पुगे । उनले मञ्चमा शपथ ग्रहण गराउने प्रयास शुरु गर्दा नगर्दै अध्यक्ष सुनील साहले माइक खोसे र अहिले शपथ ग्रहण नहुने उद्घोष गरिदिए । त्यसपछि पक्ष र विपक्षमा एक्कासि ठूलो हुल मञ्चतिर प्रवेश गरेको थियो । र, मञ्चमै ठेला ठेल भएको थियो । यो क्रम १५ मिनेटभन्दा बढी भएको देखियो । त्यसपछि मञ्चबाटै कसैले सेक्युरिटी सेक्युरिटी भनेर बोलायो । दुई ठूलो ज्यान गरेका विदेशी सेक्युरिटी गार्डहरु मञ्चमा गए र भटाभट ठेल्न थाले । उनीहरुले मञ्च खाली गर्न चाहे पनि सकेनन् । त्यसपछि सुनील साह र पशुपति पाण्डेलाई लिएर उनीहरु बाहिर गए । त्यसपछि सहभागी महिलाहरु मञ्चमा गई माइक समातेर सबैलाई मञ्च खाली गर्न आग्रह गरे । विस्तारै मानिसहरु मञ्च छोड्न थाले । पुन सेक्युरिटी गार्डहरु मञ्चमा देखिए अनि फेरि शपथ ग्रहण शुरु गर्न विजयीहरुलाई निर्वाचन समितिका बरालले आह्वान गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)