सरकारले बढायो इन्धनको भाउ
rajdhanidaily.com · Wed Jan 31 23:20:37 GMT 2024
काठमाडौं । सरकारले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँका दरले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । यसैगरी, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको निगमले जनाएको छ । निगमका अनुसार बढेको मूल्य बिहीबार बिहान १ बजेदेखि नै लागू हुने छ ।
आयल निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य बढाउने निर्णय गरेको हो । भारतीय आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारबाट ल्याउनेक्रममा नै लागत खर्च लगायतको भाउ बढेकाले स्वचालित प्रणाली अनुसार मुल्य केही बढाएर समायोजन गरिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)