मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुडन कर्विन्सलाई पछ्याउँदै ढुङ्गे हतियारको खोजी

barnanmedia.com · Mon May 26 23:21:54 GMT 2025

काठमाडौँ, १३ जेठः जर्मन अन्वेषक तथा भूगर्भशास्त्री गुडन कर्विन्सको खोजलाई पछ्याउँदै पुरातत्व विभाग अहिले महोत्तरीको बर्दिबास–३ राइमण्डल क्षेत्रमा पाषाण युगकालीन हतियार खोज्दै छ । विभागका वरिष्ठ पुरातत्वविद् डा मञ्जिल हजारी र भास्कर ज्ञवालीसहितको विज्ञटोली अहिले राइमण्डल र पाटु क्षेत्रका कान्लापाखा कोट्याउँदै हजारौँ वर्ष पहिलेका ढुङ्गे हतियारको खोजमा लागेको हो ।

“हामीले जर्मन अन्वेषक कर्विन्सको खोजलाई पछ्याउँदै काम थालेका छौँ, यहाँ पुराना महत्त्वका ढुङ्गे हतियारका अवशेष भेटेका छौँ”, विज्ञटोलीका पुरातत्वविद् ज्ञवालीले भन्नुभयो, “यो खोजको सफलतासँगै यहाँको पुरानो मानव सभ्यता खोजीका लागि नयाँ अध्याय थपिने छ ।” यसपटक १० दिनसम्म यहीँ रहेर खोज, अनुसन्धान र अन्वेषणका काममा रहिने टोलीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)