मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

साबिक विजेता म्यानचेस्टर सिटी पहिलो खेलमै पराजित

pahilopost.com · Sun Aug 15 23:26:23 GMT 2021

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपरले साबिक विजेता म्यानचेस्टर सिटीलाई हराएको छ। नयाँ सिजन लिगको आफ्नो पहिलो खेलमै सिटीलाई १-० गोलअन्तरले हराउँदै टोटेनहमले लिगमा सुखद सुरुवात गरेको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा टोटेनहमको जितका लागि कोरियाली स्ट्राइकर सन ह्युङ मिनले निर्णायक गोल गरे। ६० हजार दर्शककोबीच सम्पन्न खेलमा उनले खेलको ५५ औं मिनेटमा स्टेभेन बर्जविनको पासमा गोल गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)