मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवलपरासी पूर्वका सबै पालिकामा आज बिदा

hamrakura.com · Mon Feb 27 00:00:00 GMT 2023

मध्यविन्दु । मगर दिवसका अवसरमा आज नवलपरासी (बर्दघाट सुस्तापूर्व)का आठवटै पालिकाले सार्वजनिक बिदा दिएका छन् ।

जिल्लाका आठवटै पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै सङ्घको स्थापना दिवसका अवसरमा फागुन १५ गते सोमबार आफ्नो मातहतका सबै कार्यालय बन्द हुने जानकारी गराएका हुन् । चारवटा गाउँपालिका र चारवटा नगरपालिका रहेको जिल्लामा मगर समुदायको बाहुल्यता रहेको छ । गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र हुप्सेकोट, विनयी त्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)