मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मस्तिष्क शल्यक्रियामा महिलाको सिंगो टिम

ekantipur.com · Fri Mar 08 00:50:58 GMT 2024

काठमाडौं, लुम्बिन र वीरेन्द्रनगर — काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरको अपरेसन थिएटरमा मस्तिष्कमा रहेको ट्युमर निकाल्नका लागि शल्यक्रिया गर्ने सुरसार हुँदै थियो । जटिल शल्यक्रियामा परिपक्व शल्य चिकित्सक, एनेस्थेसिस्ट र नर्ससहितको समूह खटिन्छ । अरू बेलाझै त्यस दिन पनि सो समूहको नेतृत्व प्रा.डा. राजीव झाले गर्नुपर्ने थियो । तर, उनले डा. नम्रता खड्कालाई अघि सार्दै भने, ‘यो शल्यक्रिया तपाईंहरूले गर्नूस् ।’

डा. नम्रताको अगुवाइमा त्यहाँ न्युरो सर्जन डा. पूजा चौरासिया, एनेस्थेसिस्ट डा. स्मृति आचार्य, असिस्टेन एनेस्थेसिस्ट डा. पुनम महर्जन, नर्स ईश्वरी राजभण्डारी खटिए । बिरामीको टाउकाको बायाँ भागमा ट्युमर थियो । टाउको चिरफार गरेर होसियारीपूर्वक ट्युमर निकालियो । यस्तो अवस्थामा थोरै मात्र गडबडी भए दायाँ भाग नचल्ने हुन सक्थ्यो । केही घण्टाको अनवरत प्रयासपछि शल्यक्रिया सकियो । बिरामीको होस खुल्यो । सीटी स्क्यान गरेर हेर्दा सबै ठीक देखियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)