मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

'हल्ला भएजस्तो मुलुकाको अर्थतन्त्र श्रीलंका जस्तो अबस्थामा गएको छैन'

aarthiknews.com · Mon Jul 11 23:57:00 GMT 2022

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागीले बजारमा हल्ला भएजस्तो मुलुकाको अर्थतन्त्र श्रीलंकाका जस्तो नरहे बताएका छन् । सोमबार नविल बैंक र नेपाल बंगलादेश बैक प्राप्तिपछिको एकिकृत कारोबार कार्याक्रमको उद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन ।

बैंकिङ क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने भएकाले स्थिर अर्थतन्त्रका लागि विश्वसनीय बैंकिङ प्रणालीको भूमिका महत्वपूर्ण रहने बताए । कार्यक्रममा बैंकिङ प्रणालीमा स्वस्थ प्रतिस्पर्धा, व्यावहारिक नाफा र सामाजिक उत्तरदायित्वका बारेमा बैंकहरुले मनन गर्नुपर्ने उनको भनाइ थियो । दुवै बैंकलाई राष्ट्र बैंकले यही असार १५ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । त्यस्तै असार १९ गते बसेको सञ्चालक समितिको बैठकले असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने निर्णय गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)