मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आर्थिक सङ्कटको मारमा उद्योग व्यवसाय

gorkhapatraonline.com · Thu May 04 06:12:01 GMT 2023

काठमाडौँ, वैशाख २१ गते । मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । अर्थतन्त्रको बाह्य क्षेत्र सुधार देखिए पनि आन्तरिक क्षेत्रमा देखिएको समस्याका कारण उद्योग व्यवसाय सङ्कटमा पर्न थालेका हुन् । बैङ्कको उच्च ब्याजदरका कारण समग्र उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालन नभई आर्थिक सङ्कट देखा परेको व्यवसायीको भनाइ छ । बैङ्कको ब्याज तिर्न नसकेका कतिपय ससाना व्यवसाय बन्द भएका छन् । धेरै उद्योग आंशिक रूपमा मात्र सञ्चालन भएको र कतिपय उद्योग बन्द हुने अवस्थामा पुगेको व्यवसायीको भनाइ छ । आर्थिक सङ्कटबाट साना, मझौला र ठूला उद्योग नै प्रभावित छन् ।

उद्योग विभागका अनुसार मुलुकभर आठ हजार ६५६ उद्योग सञ्चालनमा छन् । ती उद्योग आर्थिक सङ्कटका कारण पूर्ण रूपमा सञ्चालन हुन नसकेको उद्योगी व्यवसायीको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)