विश्व वातावरण दिवसमा सिमकोटमा वृक्षारोपण कार्यक्रम सम्पन्न
gorkhapatraonline.com · Fri Jun 05 03:34:51 GMT 2026

विश्व वातावरण दिवसको अवसरमा हुम्लामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। “समृद्ध भविष्यको आधारः जलवायु तथा प्रकृति मैत्री” भन्ने मूल नाराका साथ सिमकोट गाउँपालिकास्थित मानसरोवर माध्यमिक विद्यालयको परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपेर दिवस मनाइएको हो।
डिभिजन वन कार्यालयका प्रमुख महेश कुमाइका अनुसार पाँच प्रकारका बिरुवा रोपेर विश्व वातावरण दिवस मनाइएको हो। विद्यालय परिसरमा हरियाली विस्तार गर्ने उद्देश्यले सल्ला, धुपी, ओखर, चुली लगायतका बिरुवा रोपिएको उहाँले बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)