साहित्य, सौन्दर्यदेखि मृत्युको चिन्तन वहससम्म
gorkhapatraonline.com · Sat Mar 28 17:39:50 GMT 2026

कैलालीको टीकापुरमा जारी टीकापुर साहित्य महोत्सवको शनिबार दोस्रो दिनको कार्यक्रम सम्पन्न भएको छ । दोस्रो दिनको प्यानल छलफलमा नेपाली साहित्यको प्रबृत्ति, नेपाली चलचित्रले लिइरहेको बाटो, मृत्युबारेमा समेत बहस भएको छ ।
शनिबारको छलफलमा वरिष्ठ कलाकार नीर शाहले चलचित्र र नेपाली साहित्यको सम्बन्ध बारेमा धारणा राख्नुभयो । चलचित्रमार्फत नेपाली कला र साहित्यको विषय, विषयवस्तुको उठान र सचेतना जगाउने काम भइरहेको उहाँको भनाइ थियो । हालसालै रिलिज भएको आफ्नो चललित्र परानले नेपालीपन बोकेको चलचित्र भएको बताउँदै उहाँले त्यसबाट आत्मसन्तुष्टि मिलेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)