कोहली र पडिक्कलको अर्धशतकमा बेंगलुरुको शानदार विजयी सुरुवात
onlinekhabar.com · Sat Mar 28 17:35:35 GMT 2026
१४ चैत, काठमाडौं । देवदत्त पडिक्कल र विराट कोहलीको अर्धशतक तथा कप्तान रजत पाटिदारको आक्रामक पारीमा शनिबारदेखि सुरु भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ मा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले विजयी सुरुवात गरेको छ ।
घरेलु मैदान एम चिन्नास्वामीमा भएको खेलमा बेंगलुरुले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको हो । हैदराबादले दिएको २०२ रनको बलियो लक्ष्य बेंगलुरुले १५.४ ओभरमै पूरा गर्यो । आईपीएल इतिहासमा २०० भन्दा बढीको लक्ष्य सबैभन्दा छिटो चेज भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)