लेनदेनमा संसदीय समिति
rajdhanidaily.com · Sun Aug 27 23:00:34 GMT 2023
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको नौ महिनापछि पूर्णता पाउन लागेको संसदीय समिति बाँडफाँटमा सत्ता साझेदार दल र प्रमुख विपक्षी एकठाउँमा उभिएका छन् । प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी संसदीय समितिमा हाबी हुँदा नौवटा समिति सभापति निर्विरोध भइसकेका छन् । यी नौवटा समिति सभापतिमा पाँचौं ठुलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘सर्तसहित’ एउटा समितिको नेतृत्व पाउँदा चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले भने कुनै पनि समितिमा नेतृत्व लिन सकेन ।
यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा समिति सभापतिका लागि उम्मेदवार उठाएको छ । आज (सोमबार) हुने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको निर्वाचनमा रास्वपाका उम्मेदवार गणेश पराजुलीले जनमत पार्टीका अब्दुल खानसँग प्रतिस्पर्धा गर्नेछन् । जनमत पार्टी सरकारमा सहभागी भएको दल भएका कारण रास्वपाले जित्ने सम्भावना न्यून छ । पराजित भएको अवस्थामा संसदीय समितिको नेतृत्वमा रास्वपाको कुनै सहभागिता हुनेछैन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)