तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड : विजेतामा चिनियाँ, उपविजेतामा नेपाली
ekantipur.com · Sat Nov 09 17:11:18 UTC 2024
कास्की — पोखरामा भएको तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिताको व्यक्तिगत क्रसकन्ट्री दौडतर्फ चिनियाँ धावक विजेता भएका छन् । शनिबार लेकसाइडस्थित बाराहीघाटमा सुरु प्रतियोगितामा विभिन्न चार विधा आयोजना गरिएको थियो ।
५० किलोमिटर दौडमा चिनियाँ धावक एङ ज्याङ जेन विजेता भए । उनले ३ घन्टा ४४ मिनेट १२ सेकेन्डमा दुरी पार गरे । च्यालेन्ज इन्डिभिजुअल महिलातर्फ चिनियाँ धाविका झेङ वाङ रोङ विजेता बनिन् । उनले ४ घन्टा ४१ मिनेट ४८ सेकेन्डमा दौड पूरा गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)