चितवनको इच्छाकामना आधारभूत अस्पताल निर्माण चालु आर्थिक वर्षभित्रै सकिने
onlinekhabar.com · Sat Jun 13 04:29:00 GMT 2026

३० जेठ, चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ कुरिनटारमा चालु आर्थिक बर्ष भित्र नै पालिका स्तरीय आधारभूत अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनको तयारी अगाडि बढाइएको छ । १५ शैंयाको अस्पताल भवन निर्माणको अन्तिम चरणमा रहेको छ ।
आर्थिक वर्ष २०७९/०८० बाट निर्माण थालिएको अस्पताल भवनको लागत १३ करोड रहेको छ । सुरुमा जग्गा सम्बन्धी विवादका कारणले निर्माणमा ढिलाइ भएको भए पनि पछि विवाद समाधान गरेर कामलाई गति दिइएको पालिका अध्यक्ष दानबहादुर गुरुङले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
सरोज गुरागाईं