समाजमा सकारात्मक प्रेरणाका स्रोत नै फोटो पत्रकार हुन्: खानेपानीमन्त्री यादव
deshsanchar.com · Sat Nov 09 17:53:45 UTC 2024

काठमाडौँ- खानेपानीमन्त्री प्रदीप यादवले समाजमा सकारात्मक प्रेरणाका स्रोत फोटो पत्रकार भएका बताएका छन्। राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आज आयोजित २७ औँ वार्षिक साधारणसभा तथा १३औँ केन्द्रीय अधिवेशन कार्यक्रममा उनले फोटोबिना अधिकांश समाचार अधुरा हुने भएकाले समाजमा फोटो पत्रकारको महत्त्व उल्लेखनीय भएको बताए।
मन्त्री यादवले भन्नुभयो, ‘समाजमा सकारात्मक प्रेरणाका स्रोत फोटो पत्रकार भएकाले उनीहरूका चुनौती पनि धेरै छन्, सरकारले तपाईंहरूका समस्याहरू समाधान गर्न आवश्यक छ, सरकार त्यसका लागि सधैँ सकारात्मक रहेको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)