कृषि क्षेत्रमा बजेट बढ्दो, किन घट्याे उत्पादन ?
shilapatra.com · Wed May 20 09:12:00 GMT 2026

पछिल्ला एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादनबीचको अन्तर बढेको छ । बजेट बढ्दै गएपनि उत्पादन तथा उर्वर जमिन भने घट्दै गएको छ । आर्थिक वर्ष २०७०/७१ देखि २०८०/८१ सम्म मुख्य खाद्यान्नबालीको उत्पादनमा उतारचढाव देखिएको हो । केही बालीको उत्पादन वृद्धि भए पनि परम्परागत बाली संकट उन्मुख देखिएका छन् ।
नेपालीको मुख्य खाद्यान्नबाली धान, मकै, गहुँ, कोदो र फापर हो । सरकारले प्रतिवर्ष कृषि क्षेत्रमा १० दशमलव सात प्रतिशतले बजेट बढाउँदै लगेको छ । आव २०७०/७१ मा २१ अर्ब ४० करोड र २०८१/८२ मा ५९ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । साविक कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको ‘नेपालको कृषिसम्बन्धी तथ्यांक जानकारी’ पुस्तकमा उल्लेख भएअनुसार आव २०७०/७१ मा धान ५० लाख ४७ हजार ४७, मकै २२ लाख ८३ हजार २२२ गहुँ, १८ लाख ८३ हजार १४७, कोदो तीन लाख चार हजार १०५ र फापर एक लाख ३३५ मेट्रिकटन उत्पादन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)