मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

ratopati.com · Sat Mar 28 18:46:46 GMT 2026

बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको सिकार सुरु भएको छ । ढोरपाटन सिकार आरक्षमा दोस्रो याममा १४ नाउर र १० झारलको सिकार अनुमति दिइएको हो ।

दोस्रो सिकार यामका रूपमा मानिएको फागुनदेखि वैशाखसम्म सिकार खेल्न केही सिकारी ढोरपाटनमा व्यस्त छन् भने केही विदेशी सिकारी नेपाल आउने तयारीमा रहेका ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिए । उनका अनुसार यस वर्षको दोस्रो याममा १३ बदेलकोसमेत सिकार गर्न अनुमति दिइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)