मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सांस्कृतिक अभ्यासको महत्त्व बुझ्न जरुरी : मन्त्री किराती

gorkhapatraonline.com · Wed Sep 20 06:29:41 GMT 2023

काठमाडौँ, असोज ३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री सुदन किरातीले संस्कृति, कला र परम्परा जीवन बाँच्ने विशेष माध्यम भएको बताउनुभएको छ । उहाँले संविधान दिवस २०८० को अवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा यस्तो बताउनुभएको हो ।

‘राज्यका प्रमुख अङ्गहरू र नागरिकको दृष्टिकोणमा सांस्कृतिक पक्ष र संस्कृतिकर्मी’ विषयक कार्यक्रममा मन्त्री किरातीले संस्कृतिको संरक्षण गर्नका लागि संस्कृतिको अभ्यासको महत्व बुझ्नुपर्नेमा जोड दिनुभयो । उहाँले मौलिक गीत, सङ्गीत र कलाको प्रवर्धन र सिर्जनाको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा पहिचान बनाउन कलाकार, सर्जकलाई आह्वान गर्नुभयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले कला र संस्कृति जर्गेनाको दायित्व हरेक नेपालीका साथै राज्यका निकायले पनि सहयोग गर्नुपर्ने बताउनुभयो । ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अन्तव्रिर्mयाले संस्कृतिकर्मीको भूमिका र संस्कृतिको नाममा भइरहेको सामाजिक विकृतिबारे पनि सजग गराउने अवसर मिल्ने विचार व्यक्त गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)