चितवन: मतदान विथोल्न खोज्ने विप्लवका कार्यकर्तालाई गोली लाग्यो
nepalsamaya.com · Sun Nov 20 04:36:47 GMT 2022
काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मतदान विथोल्न खोज्दा प्रहरीले चलाएको गोली लागेर एक कार्यकर्ता घाइते भएका छन्।
चितवनको क्षेत्र नम्वर १ अन्तर्गगको राप्ती नगरपालिका–८ मा रहेको ब्रह्मास्थान राष्ट्रिय आधारभूत विद्यालयको (ख) मतदान केन्द्रमा विप्लव नेतृत्वको नेकपाले मतपेटिका नियन्त्रणमा लिई जलाउन खोजेको थियो। मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले हवाइ फायर गरेको थियो। तर पनि स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले तीन राउन्ड गोली प्रहार गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)