चुनावी भोजभतेरमा अंकुश लगाउँदै आयोग
annapurnapost.com · Fri Aug 26 00:35:00 GMT 2022
काठमाडौं : ‘चुनाव भड्कलो बन्यो। उम्मेदवारले धान्नै नसक्ने खर्चिलो बन्यो’ भन्ने मतदाता र उम्मेदवार गुनासो गर्छन्। यसैलाई मध्यनजर गरेर चुनावी खर्चलाई घटाउन निर्वाचन आयोगले नयाँ उपायहरू खोज्दैछ। मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा खोजिएको उपाय कार्यान्वयन गर्ने सोच आयोगको रहेको निर्वाचन अधिकारी बताउँछन्। यसका लागि निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउन आयोगसँग भएको निर्वाचन आचारसंहिता परिमार्जन गर्न लागिएको छ।
आयोगका अनुसार चुनाव प्रचारप्रसार अवधि घटाउनेदेखि घरदैलोमा परिचालन गरिने संख्यालाई पनि नियन्त्रण गर्ने नयाँ व्यवस्था ल्याउन लागिएको छ। उम्मेदवारले मानोनयन गर्दा सम्पत्ति वितरण, निर्वाचन खर्चको स्रोत र आफ्नो पूरा विवरण पनि पेस गर्नुपर्ने आयोगले नयाँ प्रवधान बनाउन लागेको हो। चुनावमा गरिने भीडभाड र भोजभतेरलाई रोक्ने गरी आचारसंहिता बनाउन लागिएको र आचारसंहिता परिमार्जनका एजेण्डामा प्रमुख आयुक्त र सरोकारवाला पक्षसँग पनि छलफल भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए। निर्वाचनमा हुने खर्च घटाउने गरि आचारसंहितालाई परिमार्जन गरेर मूर्त रूप दिन काम भइरहेको उनको भनाइ छ। ‘जहाँ निर्वाचन बिथोल्न एक्सन हुन्छ त्यहाँ हाम्रो रिएक्सन हुन्छ’, उनले भने, ‘अब कुनै पनि ठाउँमा पुनः मतदानको अवस्था आउन दिँदैनौं।’ सुरक्षा अभावले कुनै पनि निर्वाचन क्षेत्रमा निर्वाचन नबिथोलिने उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)