मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संस्कृत विश्वविद्यालयमा सधैं तालाबन्दी

ekantipur.com · Fri Jul 14 00:44:56 GMT 2023

दाङ — नेपाल संस्कृत विश्वविद्यालय पटक–पटकको तालाबन्दीले गतिहीन भइरहेको छ । एकपछि अर्को तालाबन्दी हुँदा बेलझुन्डीस्थित केन्द्रीय कार्यालय र मातहतका अन्य निकायका काम प्रभावित भइरहेका छन् ।

बेलझुन्डीस्थित केन्द्रीय आयुर्वेद विद्यापीठ स्वतन्त्र विद्यार्थी युनियनले असार ३ देखि केन्द्रीय कार्यालयमा ताला लगाएको छ । नेपाल विद्यार्थी संघले असार ९ गते सेवा आयोगको कार्यालय र १२ गते आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा ताला लगाएको छ । अनेरास्ववियुले जेठ २७ गते केन्द्रीय आयुर्वेद विद्यापीठमा लगाएको ताला असार १९ गते खुलेको छ । अन्य ताला भने अझै खुल्न सकेका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)