अब नेपालमै रक्त क्यान्सरको प्रकार पत्ता लगाउने ‘फ्लोसाइटोमेट्री’ परीक्षण
thahakhabar.com
चितवन : यहाँस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरको ‘भेरियन्ट’ (प्रकार) पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण शुरु भएको छ। यसका लागि अस्पतालले उपकरण जडान गरी चिकित्सक, प्राविधिकलाई आवश्यक तालिमसमेत दिएको छ।
अस्पतालको प्रयोगशाला विभाग प्रमुख डा. ग्रेता पाण्डेले ‘फ्लोसाइटोमेट्री’सेवा थालनी गरेर ९० जनाभन्दा बढीको परीक्षण पनि गरिएको जानकारी दिए। विगतमा यो परीक्षणका लागि महँगो शुल्क तिरेर भारत पठाउनुपर्ने बाध्यता थियो। अस्पतालले यो सेवा शुरु गरेसँगै १२ हजारमा नै यो परीक्षण गर्न सकिने अस्पतालले जनाएको छ। बाहिर पठाउँदा ठाउँअनुसार धेरै रकम तिर्नुपर्ने हुन्थ्यो। नेपालमा बर्सेनी कतिजनालाई रक्त क्यान्सर हुन्छ भन्ने एकीन तथ्याङ्क कुनै निकयसँग छैन।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)