मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गौतम बुद्ध विमानस्थलमा भोलिदेखि यान्त्रिक परीक्षण

ekantipur.com · Thu Feb 17 01:22:25 GMT 2022

भैरहवा — रूपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले पूर्णता पाएको छ । लामो प्रतीक्षापछि शुक्रबारबाट यान्त्रिक परीक्षण उडान हुने भएको हो । यहाँ परीक्षण उडानलाई भव्य तुल्याउन तयारी चलिरहेको छ । परीक्षण उडानको खबरले विमानस्थल व्यवस्थापन, आयोजना अधिकारी र सर्वसाधारण खुसी छन् । मंगलबारबाट उडानपूर्वको अन्तिम तयारी भइरहेको छ ।

तयारीस्वरूप मंगलबार साँझ विमानस्थल परिसरमा राष्ट्रिय गान गुन्जिएको थियो । राष्ट्रिय गान बज्न सुरु भएपछि विमानस्थलको अगाडिपट्टि सांगीतिक फाउन्टेन (पानीका फोहरा) सञ्चालन भएका थिए । पानीका विभिन्न रङसँगै निस्किएको पानी र धुनले विमानस्थल वरपर दर्शक जम्मा भएका थिए । अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बुधबार बिहानै शुक्रबार उडान हुने धावनमार्ग सफाइ थालिएको थियो । धावनमार्ग पखाल्ने काम दिउँसो सकिएको विमानस्थल कर्मचारी बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)