मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हार्दिक चम्किदा इंग्ल्याण्डमाथि भारतको शानदार जित

farakdhar.com · Fri Jul 08 00:58:32 GMT 2022

घरेलु टोली इंग्ल्याण्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पहिलो खेलमा भारतले सहज जित हात पारेको छ । गएराति सम्पन्न खेलमा भारतले ५० रनको सहज जित हात पारेको हो ।

१९९ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो । उसका लागि मोइन अलीले सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै, ह्यारी ब्रुकले २८, क्रिस जोर्डनले अविजित २६ र डेविड मलानले २१ रन जोडे । बाँकी ब्याटरको प्रदर्शन सन्तोषजनक रहन सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)