कसैलाई उम्मेदवार नै बन्न नदिए एमाले महाधिवेशनको औचित्य समाप्त हुन्छ : रावल [अन्तर्वार्ता]
ekantipur.com · Sat Nov 27 19:03:47 GMT 2021
काठमाडौँ — एमालेको दसौं महाधिवेशनको बन्दसत्रमा उपमहासचिव विष्णु पौडेलले पार्टी नेतृत्व चयन गर्ने सर्वाधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिने प्रस्ताव दिएपछि विवाद बढेको छ ।
एमालेको दसौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भीम रावल र उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका घनश्याम भूसालले पार्टी विधान र लोकतान्त्रिक अभ्यास विपरीत हुने प्रस्ताव अस्वीकार हुने भन्दै विरोध जनाएका थिए । त्यसपछि रावलले कुरा राख्दै गर्दा उनीविरुद्ध हुटिङ भएको थियो । एमालेका महाधिवेशन प्रतिनिधिले ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने र अरु पदमा पनि सहमति गर्नुपर्ने भन्दै नारबाजी र दबाब दिइरहेका छन् । तर, उम्मेदवारी घोषणा गरेका नेताहरूले भने चुन्ने र चुनिने लोकतान्त्रिक अधिकार खोस्न नहुने बताइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)