विश्वकै दोस्रो लामो झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा
annapurnapost.com · Sun Nov 12 16:27:28 GMT 2023
बागलुङ : झोलुङ्गे पुलको जिल्लाले परिचित छ ‘बागलुङ’। सबैभन्दा धेरै झोलुङ्गे पुलदेखि सिंगल स्पान प्रविधिमा विश्वकै लामो झोलुंगे पुल बागलुङमै छन्। सोही जिल्ला बागलुङमा सिंगल स्पान प्रविधिमा विश्वकै दोस्रो लामो झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ।
बागलुङ नगरपालिका–४ गौरीधामदेखि छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका–८ नाग्लिवाङ जोड्ने गरी कालीगण्डकी नदी माथि निर्माणाधिन पुलको ९५ प्रतिशत काम सम्पन्न भएको छ। ५२४ मिटर लामो र १८५ मिटर अग्लो सिंगल स्पानको विश्वकै दोस्रो लामो झोलुङ्गे पुलको काम सुरु भएको एक वर्ष भित्र करिव ९५ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनी हिमशिखर हिरा कन्ट्रक्सनका प्रतिनिधि बसन्त घर्ती मगरले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)