विकासे कामको भिडिओ खिच्ने युवकलाई वडाध्यक्षले कान नसुन्ने बन्नेगरी झापड हाने
canadanepal.com · Wed May 20 09:27:31 GMT 2026

बारा- बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष रामेश्वर प्रसाद साह कलवारले विकास निर्माणको काममा अनियमितता भएको भन्दै विरोध गर्ने र भिडिओ खिच्ने एक स्थानीय युवकमाथि कुटपिट गरेका छन्। वडा अध्यक्ष कलवारले बुधबार बिहान साढे ८ बजे स्थानीय युवक दिपु कुमार महतो (दास) माथि सार्वजनिक स्थलमै कुटपिट गरेका हुन्।
मधेश प्रदेश सरकारको सशर्त अनुदान अन्तर्गत वडास्थित सिँचाईको नहरमा उपभोक्ता समिति मार्फत सडक ढलानको काम भइरहेको छ। उक्त निर्माण कार्य अत्यन्तै कमजोर गुणस्तरको भएको र गाउँको पानी निकासको कुनै विकल्प नराखी सडक बनाइएको भन्दै स्थानीय बासिन्दाहरूले केही समयदेखि विरोध जनाउँदै आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)