कुलेश्वरमा ग्रीष्मकालीन फलफूलको व्यापार तात्यो
gorkhapatraonline.com · Sat Jun 13 05:00:30 GMT 2026

गर्मी मौसम बढेसँगै सङ्घीय राजधानी काठमाडौँको प्रमुख फलफूल थोक केन्द्र ‘कुलेश्वर बजार’मा मौसमी फलफूलको कारोबार तीव्र बनेको छ। विशेषगरी ग्रीष्मकालीन फलका राजा मानिने आँप र रसिलो रातो लिची यतिबेला कुलेश्वरका सडकपेटी, भण्डारण गृह तथा थोक पसलहरूमा प्रशस्त मात्रामा सजाइएका देखिन्छन्।
बिहानैदेखि देशका विभिन्न भाग तथा छिमेकी जिल्लाबाट आउने मालवाहक गाडीहरूले यहाँको बजारलाई थप चलायमान बनाएका छन्। सिराहा, सप्तरी, सर्लाही तथा मोरङका बगैँचाबाट टिपिएका आँपलाई काठका बलिया बाकस (क्रेट्स) मा पत्रिकाको तह राखी जतनपूर्वक पकाउने र प्याकिङ गर्ने कार्यमा स्थानीय मजदुरहरू चौबीसै घण्टा व्यस्त छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)