मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिंहदरबार क्यान्टिनमा घुन लागेको दाल र फुटेको अण्डा भेटियो, २ लाख १ हजार जरिवाना

ajakoartha.com · Sat Jun 13 04:56:00 GMT 2026

काठमाडौं- मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा घुन लागेको चनाको दाल, ओसिएको बदाम र फुटेको अण्डा फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको छ।

विभागले शुक्रबार गरेको अनुगमनका क्रममा क्यान्टिनमा १७ किलो घुन लागेको चनाको दाल, ११ किलो ओसिएको नेपाली बदाम तथा १४ वटा फुटेको अण्डा भेटिएको थियो। विभागको टोलीले ६ हजार ५६० रुपैयाँ बराबरका ती अखाद्य वस्तु नष्ट गरेको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)

सम्बन्धित विषय