मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेशसभा अधिवेशन अन्त्यको तयारी

ekantipur.com · Sat Mar 12 01:12:51 GMT 2022

मकवानपुर — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध जारी रहे प्रदेशसभाको नवौं अधिवेशन अन्त्य गर्ने तयारीमा वाग्मती प्रदेश सरकार पुगेको छ । करिब तीन महिनादेखि एमालेका कारण प्रदेशसभाको बैठक स्थगित हुँदा ऐन निर्माण, संशोधनसहित सर्वसाधारणका समस्याका बारेमा छलफल हुन सकेको छैन ।

चालु आर्थिक वर्षको चार महिना मात्र बाँकी रहेको छ । प्रदेशसभामा अझै हिउँदे अधिवेशन चलिरहेको छ । हिउँदे अधिवेशनलाई कानुन निर्माण गर्ने समयका रूपमा चित्रण गर्ने गरिए पनि बजेट अधिवेशन सञ्चालन गर्नुपर्ने समय भइसकेका छ । त्यसकारण प्रदेश सरकार यस अधिवेशन स्थगित गरेर अगाडि बढ्ने दाउमा पुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)