मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बर्नली रेलिगेसनमा, लिड्स जोगियो

baahrakhari.com · Mon May 23 00:12:00 GMT 2022

काठमाडौं । घरेलु मैदानमा न्युक्यासल युनाइटेडसँग २–१ ले पराजित भएपछि बर्नली इंग्लिस प्रिमियर लिगको रेलिगेसनमा परेको छ ।

आइतबार राति अन्तिम खेल खेल्नुअघि समान ३५ अंक भए पनि बर्नली रेलिगेसनभन्दा माथि थियो । लिड्स युनाइटेड रेलिगेसन क्षेत्रमा थियो । तर, अन्तिम खेलमा बर्नली घरमै न्युक्यासलसँग पराजित भयो । लिड्सले अवे खेलमा ब्रेन्टफोर्डमाथि २–१ को विजय हासिल गर्‍यो । योसँगै बर्नली रेलिगेसनमा पर्‍यो । अन्तिम खेलमा महत्त्वपूर्ण तीन अंक जोडेपछि लिड्स प्रिमियर लिगमा रहन सफल भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)