मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वन्यजन्तु संरक्षण गर्न कृत्रिम ताल निर्माण

ratopati.com · Sat Mar 28 22:40:30 GMT 2026

नवलपरासी । चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले कृत्रिम ताल निर्माण गरिएको छ । पछिल्लो समय सुक्खायाममा निकुञ्जभित्रका प्राकृतिक तालतलैया सुक्ने क्रम बढ्दै गएपछि निकुञ्जले वन्यजन्तु संरक्षणका लागि विभिन्न दाताको सहयोगमा कृत्रिम ताल निर्माण गर्दै आएको छ ।

विसं २०३० असोज ४ गते स्थापना भएको उक्त निकुञ्ज बाघ, हात्ती, गैँडालगायत वन्यजन्तुको महत्त्वपूर्ण वासस्थानको रूपमा रहेको छ । मानवलाई जस्तै वन्यजन्तुलाई पनि बाँच्नका लागि आहार र पानीको आवश्यकता पर्ने भन्दै सुक्खायाममा पानीको अभाव पूर्ति गर्न कृत्रिम ताल निर्माण गरिएको हो । पछिल्लो समय निकुञ्जभित्रका घाँसेमैदान, सिमसार क्षेत्र मासिँदै गएपछि वन्यजन्तु संरक्षणमा चुनौती थपिँदै गएकाले निकुञ्जले कृत्रिम ताल निर्माण गरी वन्यजन्तु संरक्षणमा पहल गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)