स्थानीय उत्पादनलाई बजार अभाव
ratopati.com · Sat Mar 28 22:54:09 GMT 2026

बागलुङ । बागलुङमा लाग्ने चैते दसैँ मेलालाई स्थानीय उत्पादनको बजारीकरण गर्ने माध्यमका रूपमा लिइन्छ । तर पछिल्लो समय आयातित वस्तुको कारण ग्रामीण क्षेत्रका उत्पादन ओझेलमा परेका छन् । मेला सुरु हुनु अगावै बागलुङका ग्रामीण क्षेत्रसहित पर्वत, म्याग्दी, कास्की तनहुँ, स्याङ्जालगायत व्यापारका लागि आएका व्यापारी यसपालि त्यति उत्साहित देखिएनन् ।
आयातित वस्तुको व्यापार राम्रो भए पनि गाउँबाट लिएका चोयाको डाली, नाङ्लो मुडा, काठको ठेकी, मदानीसहितका सामग्रीको व्यापार राम्रो नभएको व्यापारी बताउँछन् । कालिका मन्दिर परिसरमा यही चैत १० गतेदेखि मेला लागेको छ । मेला भर्न आउने दर्शकले लत्ता कपडा, प्लास्टिकका भाँडा किनमेल गरे पनि स्थानीय उत्पादन तिर खासै चासो नदिएको म्याग्दीबाट काठका ठेकी बिक्री गर्न आएका लिलबहादुर चुँदाराले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)