यातायात मजदुरबीच झडप हुँदा जाजरकोटमा एक जनाको मृत्यु, ६ जना पक्राउ
pahilopost.com · Fri Apr 02 17:33:15 GMT 2021
सुर्खेत : जाजरकोटको बारेकोट गाउँपालिकामा यातायात मजदुरबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर २ को देउलाचौरमा भएको झडपमा भेरी नगरपालिकाका ३५ वर्षीय नरेश रावलको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
यातायात काउन्टरमा काम गर्ने मजदुरहरुको दुई समूहबीच भएको विवादमा झडप भएको कार्यालयका प्रवक्ता अर्जुनचन्द ठकुरीले जानकारी दिए। प्रहरीका अनुसार जाजरकोट-डोल्पा रुटको विषयमा यातायात मजदुरबीचको विवादले ठूलो रुप लिँदा झडप भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)