एफए कप : लिभरपुल सजिलै पाँचौं चरणमा
ekantipur.com · Mon Jan 29 00:55:10 GMT 2024
लन्डन — लिभरपुलले नरवीचको चुनौती सजिलै ५–२ ले पार लगाउँदै आइतबार एफए कपको पाँचौं चरणको यात्रा निश्चित गरेको छ । व्यवस्थापक योर्गन क्लोपले सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेयता लिभरपुलको यो पहिलो खेल हो ।
कर्टिस जोन्सको गोलले अग्रता लिएको लिभरपुल नियमित अन्तरमा गोल गर्न सफल रह्यो । प्रतियोगिताका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले न्युपोर्टलाई ४–२ ले पराजित गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)