मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

गोरखाको पोखरी डाँडामा गाडी दुर्घटना, पाँच जनाको घटनास्थलमै मृत्यु

ratopati.com · Fri Jun 23 06:38:00 GMT 2023

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिका ५ स्थित पोखरी डाँडामा गाडी दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइते १२ जनालाई आबुखैरेनी अस्पताल पुर्याइएकोको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।

बिहेको लागि टिकोटालो गरेर फर्किने क्रममा केटा पक्षको गाडी दुर्घटनामा परेको बताइएको छ । राति एक बजे केटी पक्षको घरबाट फर्किने क्रममा ४ सय मिटर आसपासमै गाडी दुर्घटनामा परेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)