आगलागीबाट दुई घर जलेर नष्ट हुँदा ११ लाखको क्षति
barnanmedia.com · Sat Nov 09 22:50:11 UTC 2024

खोटाङमा आगलागीबाट दुई घर जलेर नष्ट हुँदा ११ लाख रुपियाँभन्दा बढीको क्षति भएको छ । शनिबार दिउँसो खाजा पकाउने क्रममा भान्छाबाट सल्किएको आगोले रावाबेसी गाउँपालिका –५ दुबेकोलस्थित तल्लोदुबेका बीरबहादुर गुरुङको दुई वटा घर जलेर नष्ट भएको हो ।
आगलागीबाट जल्दा ११ लाख चार हजार रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आगलागीमा गुरुङको तीन तले दुई वटा कच्ची घर तथा घरमा भएका दुई तोला सुन, सात वटा तामे गाग्री, छ वटा तामे खड्कुला जलेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)