बर्दिबासमा स्थिति तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार
gorkhapatraonline.com · Sat Jun 13 05:09:53 GMT 2026

शुक्रबार रातिदेखि तनावग्रस्त बनेको बर्दिबास नगरपालिका–१२, विजलपुरा क्षेत्रस्थित डाँडाटोलमा अवस्था थप तनावपूर्ण बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शनिबार सिबहान अवस्था थप तनावपूर्ण बनेपछि करिब १० बजे प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनास्थलमा तोडफोड र अराजकता बढेपछि प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको हो। उहाँले भन्नुभयो, “अहिले बिजलपुराको अवस्था तुलनात्मक रूपमा सामान्य भएको छ। घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
नेपाल प्रहरी