मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालविवाह न्यूनीकरणमा पहल गर

rajdhanidaily.com · Sun Oct 31 23:11:48 GMT 2021

कालिकोट सास्कोटकी रामपुरा विक २४ वर्षकै कलिलो उमेरमा चार सन्तानकी आमा बनिसकेकी छन् । १४ वर्षकै उमेर उनको विवाह भएपछि १० वर्षभित्रै चार सन्तानकी आमा बनेकी रामपुराले कक्षा ८ मा पढ्दै गर्दा प्रेमविवाह गरेकी थिइन् । चार सन्तान साथमा भए पनि छोरो पाउने आशामा उनले तीन सन्तानको गर्भपात गरिसकेकी छन् । सुन्दा पनि निकै असहज र अप्ठेरो लाग्ने यो यथार्थता नेपाली समाजमा अहिले पनि विद्यमान छ । नेपालमा पिछडिएका इलाकाहरूमा अहिले पनि कानुन र जनस्वास्थ्यका कुरा दन्तेकथासरह नै बनिरहेका छन् । ‘हो रे’ र ‘छ रे’ भन्ने कुरा सुन्नमा आए पनि व्यवहारमा भने कार्यान्वयन हुन सकिरहेका छैनन् । त्यसका पछाडि आर्थिक, सामाजिक तथा सांस्कृतिक कारणहरूले निकै ठूलो काम गरिरहेका छन् । समाजमा चलिआएको मान्यता सामाजिक कानुनसरह हुन्छ । यो उक्त समाजमा सहज मात्र होइन, मान्य र स्वीकार्य पनि हुन्छ । सामाजिक प्रथा परम्परा कतिपय ठाउँमा सामाजिक कानुनसरह कार्यान्वयन गरिँदै पनि आएका छन् ।

मूलतः अशिक्षाका कारण सामाजिक व्यवहारमा दोहोरिरहने रामपुराहरूको जीवन पिछडिएको नेपाली समाजका द्योतक पनि हुन् । बालविवाह यिनीहरूलाई कमै मात्र थाहा हुन्छ । बाबाआमाहरूले नै घरमा छोरीहरू १४÷१५ वर्षको उमेर टेक्दै गर्दा ‘रहरको बिहे गर्ने’ भइसकेकी जस्ता कुराहरू उनीहरूकै अगाडि हाँसो ठट्टाका रूपमा गरिदिन थाल्छन् । यसले निर्माण गर्ने मनोविज्ञान कम खतरनाक हुँदैन । तर, यसमा स्वयं अभिभावको नै ख्याल पुगेको हुँदैन । जनचेतनाको अभावमा हुने यस्ता सामाजिक काम तथा व्यवहारले समाजलाई अझै पछाडि धकेल्ने काम गरिरहेको छ । यिनै चेलीहरू छोरा नभए अपुत्री भइन्छ भन्ने सामुदायिक कुसंस्कारले गर्दा पटकपटक गर्भपतनजस्ता डरलाग्दा समस्याबाट प्रताडित हुँदै आएका छन् । यिनीहरूलाई प्रजनन तथा महिलाअधिकारका कुरा थाहा छैन । महिला प्रजनन स्वास्थ्यबारेमा थाहा छैन । थाहै भए पनि आर्थिक तथा अन्य विभिन्न समस्याले उनीहरूलाई यसको सीमाभित्र रहन दिँदैन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)