कर्णालीमा बुधबार थपिए ४ सय ९७ कोरोना संक्रमित, १९ जना डिस्चार्ज
thahakhabar.com
सुर्खेत : कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्। बुधबार गरिएको पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा बितेको २४ घण्टाको अवधिमा ४९७ जनामा संक्रमण पुष्टि भएको हो।
कर्णालीका विभिन्न प्रयोगशालामा गरिएको ४४३ जनाको पिसिआर परीक्षणमा २६६ जना र ६०४ जनाको एन्टिजेन विधिबाट २३१ जनामा कोरोना पुष्टि भएको कर्णालीमा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)