मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किन पक्राउ परे सेफ सन्तोष साह?

setopati.com · Sat Jun 13 05:19:28 GMT 2026

सेलिब्रेटी सेफ सन्तोष साह पक्राउ परेका छन्।

साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो।

कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार उनलाई धनुषाको जनकपुर उपमहानगरपालिका-८ रामानन्द चोकबाट पक्राउ गरिएको हो।

सन्तोष सिराहाको कर्जन्हा नगरपालिका-११ का हुन्।

चितवन घर भई काठमाडौं बस्दै आएकी सकुन्तला थापाले साहविरूद्ध ठगी सम्बन्धमा जाहेरी दिएकी थिइन्।

सकुन्तलाले २ वर्षअघि साहलाई रेस्टुरेन्ट बेचेकी थिइन्। त्यतिबेला गैरीधाराको आफ्नो रेस्टुरेन्ट २ करोड २५ लाख रूपैयाँमा बिक्री गरेको सकुन्तला बताउँछिन्।

सन्तोषले त्यतिबेला केही पैसा दिए पनि डेढ करोड रूपैयाँभन्दा बढी बाँकी राखेको उनको भनाइ छ।

‘पछि धेरै पटक भेटेर बाँकी पैसाको कुरा गर्दा देशको अवस्था र अरू बहाना गरेर पछि दिन्छु भनेरै टार्नुभयो,’ उनले सेतोपाटीसँग भनिन्।

सकुन्तलाका अनसार एक वर्षअघि साहले उनलाई चेक दिएका थिए। ‘तर त्यो खातामा पैसा थिएन। पटकपटक पैसा जम्मा हुँदैछ भन्नुभयो तर भएन,’ उनले भनिन्, ‘त्यसपछि प्रहरीकहाँ गएको थिएँ।’

रेस्टुरेन्ट किनबेच हुनुअघि आफूहरूबीच चिनजान नभएको पनि उनी बताउँछिन्।

‘यो दुई वर्षमा धेरै कोशिस गरेँ। प्रहरीले अहिले प्रक्रियाअनुसार पक्राउ गरेको भन्ने सुनेको छु,’ उनले भनिन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय