मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ध्रुवे मानव बस्तीतिर पस्न थालेपछि त्रास, नियन्त्रणमा लिन टोली परिचालन

lokaantar.com · Mon Nov 13 02:26:09 GMT 2023

धेरै मानिसको ज्यान लिएको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा देखिन थालेको छ ।

हात्तीले बस्तीमा पसेर घर गोठ भत्काउने, थन्काएर राखेको अन्न बाली नष्ट गर्नेजस्ता काम गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार हात्ती नियन्त्रणका लागि दुई टोली परिचालन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)