मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्याग्दीको डडुवामा व्यावसायिक तरकारीखेतीको लहर

abhiyandaily.com

म्याग्दी । १० वर्ष बहराइनमा काम गर्दा पनि खासै कमाइ गर्न नसकेपछि गाउँ फर्किएका बेनी नगरपालिका ५ डडुवाका ५२ वर्षीय मोहन भण्डारी अहिले आफ्नै घर अगाडिको खेतबारीमा तरकारीखेती गरेर वार्षिक रू. ५ लाखभन्दा बढी आम्दानी गर्छन् । भण्डारी अचेल व्यावसायिक तरकारी र फलफुल खेतीमा निकै व्यस्त छन् । तरकारीखेतीको गोडमेल, मलजल र फलफूलको रेखदेख गर्ने उनको दिनचर्या बनेको छ ।

मोहन मात्रै होइन, डडुवा गाउँका भरत भण्डारी, अर्जुन भण्डारी, डेकबहादुर पाइजा, भीमबहादुर पाइजा, वीरबहादुर भण्डारी लगायत २० जनाभन्दा बढी व्यक्तिले गाउँमै व्यावसायिक तरकारीखेती र पशुपालन गरेपछि पहिला उजाड र उराठ लाग्दो डडुवामा अहिले व्यावसायिक तरकारीखेती र पशुपालनको लहर नै चलेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)