भालुको आक्रमणबाट शैचिन बुढा गम्भीर घाइते
gorkhapatraonline.com · Wed May 20 09:56:00 GMT 2026

गुठिचौर गाउँपालिका–३ गज्र्याङ्गकोट गाउँका २४ वर्षीय शैचिन बुढा भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएको छ । बुधबार बिहान आफ्ना भेँडाबाख्रा चराउन गएका बेला उहाँमाथि भालुले आक्रमण गरेको हो । स्थानीयका अनुसार, घाइते बुढा एक्लै भेँडाबाख्रा चराउन सानो गुठिचौर क्षेत्रमा पुग्नुभएको थियो । सोही क्रममा जङ्गल नजिकैबाट आएको भालुले अचानक आक्रमण गर्दा उहाँ गम्भीर घाइते हुनुभएको बताइएको छ ।
घाइतेका आफन्त चित्र बुढाका अनुसार भालुले शैचिन बुढाको अनुहार, हात तथा शरीरका अन्य भागमा चिथोरेर सख्त घाइते बनाएको छ । घटनालगत्तै स्थानीयवासीको सक्रियतामा उहाँको उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला) मा पुर्याइएको छ । अस्पतालमा उहाँको आकस्मिक उपचार भइरहेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)