ट्युबेलको सट्टामा डिप बोरिङ
gorkhapatraonline.com · Tue Oct 10 05:57:58 GMT 2023
काठमाडौँ, असोज २३ गते । सरकारले तराई/मधेशमा खानेपानीको स्रोतका रूपमा रहेको ट्युबेललाई विस्थापित गर्दै डिप बोरिङलाई प्राथमिकता दिएको छ । खानेपानी मन्त्रालयले तराई क्षेत्रका विशेष गरी गाउँघर र विपन्न बस्तीमा सञ्चालन गर्दै आएको ट्युबेल जडान कार्यक्रम बन्द गरेको छ।
सरकारी अनुदानमा सञ्चालित सो कार्यक्रम अन्तर्गत जडान गरिएका कतिपय ट्युबेलको पानीमा हानिकारक रासायनिक तत्त्व भेटिएपछि सो कार्यक्रम नै बन्द गरिएको खानेपानी मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता मीना श्रेष्ठले आमनागरिकलाई शुद्ध पानी खुवाउने उद्देश्यसहित सञ्चालित सो कार्यक्रम अन्तर्गत जडान गरिएका कतिपय ट्युबेलको पानीमा स्वास्थ्यका लागि हानिकारक आर्सेनिक र अमोनिया जस्ता रासायनिक तत्त्व भेटिएकाले सो कार्यक्रम नै बन्द गरिएको जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)