भारत पाकिस्तानसँग पराजित
ratopati.com
एसिया कप क्रिकेटमा भारत पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ । आइतबार राति भएको खेलमा भारत पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो । दुबई अन्तर्राष्ट्रिय मैदानमा भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाउँदै १८२ रन बनायो । पाकिस्तानका लगि मोहम्द रिजवानले ७१ रनको अर्धशतकीय पारी खेले ।
५१ बल खेलेका उनले ६ चौका र २ छक्का लिए । त्यस्तै मोहम्द नवाजले ४२ रन बनाउँदा आसिफ अलीले १६ रन बनाए । भारतका लागि भुवनेश्वर कुमार, अर्सदीप सिंह, रवी विश्नोइ, हार्दीक पाड्या र युजभेन्द्र चहालले समान एक–एक विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)