मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मोदी र डोनाल्ड ट्रम्पबिच टेलिफोन वार्ता, होर्मुजसहित विभिन्न विषयमा छलफल

barnanmedia.com · Tue Apr 14 22:12:40 GMT 2026

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच टेलिफोनमा कुराकानी भएको छ । यस क्रममा दुवै नेताले द्विपक्षीय सम्बन्ध र होर्मुज स्ट्रेटसहित विभिन्न विषयमा कुराकानी भएको जनाइएको छ ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै कुराकानी बारे जानकारी दिएका हुन् ।। उनले लेखेका छन्, ‘मेरा मित्र राष्ट्रपति डोनाल्ड ट्रम्पले मलाई फोन गर्नुभयो । हामीले विभिन्न क्षेत्रमा हाम्रो द्विपक्षीय सहकार्यमा भएको महत्त्वपूर्ण प्रगतिको समीक्षा गर्‍यौँ। हामी आफ्नो बृहत् विश्वव्यापी रणनीतिक साझेदारीलाई हरेक क्षेत्रमा अझ बलियो बनाउन प्रतिबद्ध छौँ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)