लिभरपुललाई हराउँदै पीएसजी सेमिफाइनलमा
ratopati.com · Tue Apr 14 22:29:27 GMT 2026
काठमाडौँ । फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा इङ्लिस क्लब लिभरपुललाई २–० ले पराजित गर्दै पीएसजीले समग्रमा ४(० को सानदार जित दर्ता गरेको हो ।
नेपाली समय अनुसार बुधबार बिहान भएको खेलमा पीएसजीको जितमा दुवै गोल उसमान डेम्बेलेले गरे । उनले खेलको ७२ औँ मिनेटमा पहिलो गोल गरे भने खेलको अतिरिक्त समयमा दोस्रो गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)