मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी

kendrabindu.com · Sat Jun 13 05:30:57 GMT 2026

तेहरान । अन्तरिम सम्झौता कार्यान्वयन नभए सम्म संयुक्त राज्य अमेरिकासँग आणविक वार्ता अगाडि नबढ्ने चेतावनी दिदै इरानी विदेश मन्त्री अब्बास अराघचीले पुर्व निर्धारित प्रावधानहरू पूरा नभएन समम अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने बताएका छन् ।

इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी) सँग कुरा गर्दै अराघचीले प्रारम्भिक सम्झौता पछि संयुक्त राज्य अमेरिकालाई आफ्नो प्रतिबद्धता पूरा गर्न ६० दिनको समय दिइने, र दायित्व पूरा भए पछि मात्र स्थिति सहज हुने बताए । समझदारी तथा ज्ञापन-पत्रका प्रावधानहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नहुने इरानी विदेश मन्त्रीलाई उद्धृत गर्दै आइआरआइबीले जनाएको छ ।

अराघचीले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् भित्र सामूहिक रूपमा निणय गरिने र सम्झौता स्वीकृत भएमा हस्ताक्षर गरिने बताए । उनले अमेरिकी अधिकारीहरूले सम्झौताको पूर्ण पालना गर्न नसक्ने आरोप लगाउँदै इरानले कार्यान्वयन चुनौतिहरूको अपेक्षा गरेको पनि चेतावनी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)